Collection of Creation सहदेव र सृजना Sahadev’s World!

August 8, 2008

!!! सपना बिक्रिमा छ.!!!

Filed under: Poem

!!!!सपना बिक्रीमा छ!!!
!!!!सपना बिक्रीमा छ!!!
 संगै हुर्केको,
संगै बढेको,
धुलौटे माटोमा लड़ी बुडी खेलेको….मेरो सपनाले
सपनाको रुख चढ्यो …
जिन्दगीको दूख खप्यो
जवानीको जंघार तरयो !!

काडै काडा हिड़्नु पर्छ भन्दा सपनाले कहिल्यै नाई भनेन
लामो बाटो काटनु पर्छ भन्दा चौतारो खोजेन
भोकाउदा सपनाले मिठो मसिनो रोजेन

 संगै हिडेको
मसंगै हुर्केको
 सपनाले अक्षरहरु चिन्यो,
जीबनहरू बुझ्यो,
साथी संगीसंग "को भन्दा को कम" खेल्यो,
खेल्दा खेल्दै एक दिन म संगै गाउ छाड़ी शहर पसेको सपनाले
उकालो चढेन की…
ओरालो झरेन…
न दिन भन्यो न रात!
सपनाले कहिल्यै आँखा चिम्लेन

सुंदर फूलहरु जस्तो देखिने  सपना..
सधै फक्रिन लागे जस्तो देखिन्थ्यो
उचाईमा टेकनै आटे जस्तो लाग्थ्यो,
गहिराई भेट्नै लागे जस्तो देखिन्थ्यो,
त्यहि उचाई र त्यहि गहिराई पछ्याउदा .. पछ्याउदा
मेरो सपनाले ठेस खाएन की
हरेश खाएन
एकदिन सागर तर्यो सपना…
देश छाड्यो सपना…
माया मार्यो सपना….

सगै हुर्केको….
 सगै बढेको सपना
आज म भन्दा पनी ठुलो हुदै छ.
उचाई भन्दा माथि कहिल्यै उक्लेन पहाड़
गहिराई भन्दा कहिल्यै गहिरिएन सागर !
तर मेरो सपना दिन -रात चुलियो
डर छ अब सपना एकदिन आकासिएला र
म चुम्न नसकुला!
आफै संग हुर्केको
आफै संग खेलेको  सपना पराई हुदै छ.
अब  सपनाले मलाई न चिन्न पनी सक्छ!
मलाई आफ्नो न भन्न सक्छ!

त्यसैले यी सब हुनु अघिनै
म  सपना बिक्री गर्न चाहन्छु,!

 संगै कुलेसो तर्दै…धुलौटो खेल्दै…
खोल्सा खोल्सी … र पहाड़ कन्दरा काट्दै…
देशबाट टाढिएर महा- देश र महा- सागरको किनारामा स्वतंत्र उभिएको
ठुलो सपना म बिक्री गर्दै छु..
हो आज मेरो सपना बिक्रीमा छ.
 सपना बिक्रीमा छ!!!

By @sahadev

June 26, 2008

म त छदै छु नि,

Filed under: Poem

म त छदै छु नि,


आफ्नो ख्याल  गर्नु तिमी
आफ्नो बाटो रोज्नु
लडेउ भने कही कतै
आफ्नै उठ्न सिक्नु
"दुख्यो भने तिमीलाई  ….अइयाss  भन्ने म त छदै छु नि,"

आफ्नो खुशी गर्नु तिमी
आफ्नो हासो हास्नु
रोयौ भने कहिले कही
आँशु नलुकाउनु
"आँशु झरे आँखा बाट …पुछी दिने म त छ्दै छु नि,"

आफ्नो मान्छे रोज्नु तिमी
आफ्नो संसार खोज्नु
धोका भए कही कतै
आफै सम्हालिनु
"दुख  पायौ जिन्दगी  भने…..आफ्नै ठान्ने म त छदै छु नि,"

बिर्सेउ भने मलाई तिमी
चित्त नदुखाउनु
झझल्कोमा आए भने एकान्तमा बस्नु..
यादहरु हराए खोजी नहिड्नु
"तिमीले बिर्सी गए पनि ….मनमा राख्ने म त छदै छु नि,"

 

June 1, 2008

जराहरू

Filed under: Poem

जराहरू


घर अगाडी एउटा बुढो रुख थियो-काटियो
यतिखेर रुख ढलेको छ
के के हराए जस्तो भएको छ
गुमाए जस्तो भएको छ
तर घरले छितिज  देखेको छ

हिजो  रुखहरूले झपक्क ढाकेका/थिचिएकाहरु  आज जुर्मुराएका  छन
बर्षौ बर्ष छेकिएको न्यानो घाम  आँगनमा ओर्लने  आशा जगाएका छन
सायद अब आँखाहरुले  पहाड़ कन्दरा सम्म देख्ने छन!

सीतलता र छाहरी भन्दै रुखको ओसमा बस्दा बस्दा 
रुखका जराहरूले घर,पर्खाल चिरा पारेको थाहै भएन  छ
आज बल्ल बल्ल एउटा बुढो रुख ढालिएको छ!
चौतारो बन्न नसकेको रुख काटिएको छ ,

अब,
भित्र भित्र  जकडीएका जराहरू निकाल्नु छ
जराहरूले चिरेका घरका भित्ता,पर्खाल र जगहरू
पुनर्निमाण गर्नु छ.
अब रुखहरुको ठाउँमा फूलहरु रोप्नु छ!

तर साबधान!!
बुढा रुखका जराहरू सुक्न नपाउदै मुडाहरुबाट टुसा पलाउन सक्छ
बुढा रुखहरुको  बिरोधमा  जन्मेका नया रुखहरूले ज़रा गाड़न सक्छ
र फेरी पनि सीतलता र छाहरीको भ्रममा उजेलो छेक्न सक्छ!!

त्यसैले..
घर अगाडी अब  कहिल्यै  रुख रोप्नु भएन
जराहरूले राज गर्न सक्छ…
चट्याङ पार्न सक्छ
जराहरू जमिनलाई सुहाउछ
जराहरूले देशलाई सुकाउछ
रुखले घरको सुन्दरता छेकाउछ

अब रुखको दुःख होइन फूलहरुको  सुख खोजौ
फूलहरूले कसैलाई दुखाउदैन
फूलहरुले कहिल्यै गहिरो जरा गाडदैन
फूलहरूले बगैचाका अन्य फूलहरुको बिरोध गर्दैन
तर …
के  तिमी फूल बनेर घरको शोभा बढाउन  सक्छौ?

March 8, 2008

A little Story बाबाको सम्झना

Filed under: Story

  A little Story          बाबाको सम्झना
आज पनि म नया ब्याग बोकेर स्कूल जादै छु.मेरो नया ब्याग  पुरानो भएर होइन की बाबाले फेरी अर्को नया ब्याग  पठाईदिनु भएकोले!म स्कूल जान लगेको २ बर्ष हुदै छ.यो समयमा मैले ३,४  वोटा ब्याग परिबर्तन गरिसकेको छु..मेरो ब्याग  मेरो साथिहरुको भन्दा जहिले पनि नया देखिन्छ.म स्कूल जान सुरुगर्नु भन्दा पहिले बाबाले अनेक थरी  गुडियाहरु पठाईदिनु हुन्थ्यो.पलास्टीकबाट बनेको  बिभिन्न जनावरहरू,थरी थरी गीत गाउने गुडिया , सानो पियानो , गिटार  अनि पछि पछि त भिडीयो गेम पनी पठाईदिनु हुन्थ्यो. र अझै पनी  त्यों पठाउने  क्रम जारी नै छ.
मैले कति गेमहरु हराए  कति साथीहरुलाई दिए  थाहै छैन . स्कूल लिएर गएपछि कता पर्थे  कता! मामुले पनी कहिल्यै केहि भन्नु भएन. बाबाले फ़ोन पनि गर्नु हुन्छ  हरेक दिन … म सानो छ्दा…..सानो त म अहिले पनी छु नि ….मेरो बोली नफुटेको बेलामा पनि बाबाले सधै म संग कुरा गर्न खोज्नु हुन्थ्यो रे.म रोएको वा  आमा बाबा भनेको सुन्नु खोज्नु हुन्थ्यो रे!मामुले मलाई  बाबा बाबा भन्न लागाउनु हुन्थ्यो …रे. पछि बिस्तारै बिस्तारै मैले
बाबा  भन्न थाले…फ़ोन को घंटी बज्ने बितिकै  म बाबा  बाबा  भन्थे रे .तर हरेक फ़ोन को  घंटी बाबाको नै कहा हुन्थ्यो र! क्रमिक रुपमा  मैले "बाबा कहिले आउने  भन्न सिके" त्यों पनी मामुले नै  भन्न सिकाउनु भएको .म फ़ोन मा १ मिनेट जस्तो पनी  कुरा गर्दिन थि’ए मलाई कुरा नै के आउथ्यो र! म स्कूल जान थाले पछि  बाबाले स्कूल कस्तो छ? के गरेऊ?के पढेउ  जस्ता कुरा हरु  सोध्नु हुन्थ्यो!म सबै प्रश्न को उत्तर  ठीकै छ भनेर  दिन्थे .
कती कुराहरु म बुझ्दिन थिए र मामुलाई फ़ोन दिएर म खेल्न जान्थे.पछि पछि मलाई फ़ोनमा कुरा  गर्न मन पनी लाग्न छाड्यो.मामुले केहि बोलन  भन्नु हुन्थ्यो  म फ़ोन उठाउथे  र खाली ठीकै छ….हजूर मात्र भन्थे. पछि पछि मैले बाबालाई कहिले आउने भनेर सोध्न पनि  छाड़ी दिए!

मैले मेरो बाबालाई देखेको छैन…  फोटोमा मात्र देखेको छु  फोटोमा हेर्दा बाबा कस्तो देखिनु हुन्छ भने  त्यो पनि ५/६ बर्ष आगाडिको  फोटोमा .. चश्मा लगाउनु हुन्छ…..कपाल मेरो जसरी मामुले  कोरिदिनु हुन्छ..त्यस्तै कपाल छ मेरो बाबाको प्राय जसो फोटोमा  उहा मामु संगै हुनुहुन्छ.  त्यती मोटो पनि होइन…ठीकै को  आँखा अली ठुलो ठुलो छ ….जुन फोटो हेरे पनि  मलाई नै हेरे जस्तो  लाग्छ बाबाले…अहिले त धेरै परिबर्तन भई सक्नु भयो होला..मलाई कहिले काही त चश्मा लगाएको  मान्छे देख्ने बित्तिकै  मेरो बाबा हो की जस्तो लाग्थ्यो.
मेरो बाबा अमेरीका हुनुहुन्छ भनेर मैले कहिले देखि बुझे थाहाछैन  आज भोली त  हरेक दिन  कसै न कसैले  मेरो बाबा अमेरीका हुनुहुन्छ भनेर सबैले सम्झाईरहन्छन मलाई अमेरीका के हो ? कस्तो छ ?कहा छ? किन त्यहा मेरो बाबाहरु  बर्शौ बर्ष बस्छन भनेर थाहै छैन.तर अमेरीका बस्नु भाग्यमानी रे भनेको सुन्छु …. मामुको साथीहरुले अनी मेरा साथिहरुको  बाबाले.मेरो मामु लाई सबैले भाग्यमानी नै भन्छन,
मामु आन्टीहरु संग  कुरा गर्दा  भन्नु हुन्थ्यो अब हामी पनि बाबा भएको ठाउमा जादै छौ रे  यो भन्नु भएको अस्तिनै देखि हो. अझै भनेको सुन्छु  अब हामी  एक दिन चाढै अमेरीका जाने छौ … बाबालाई भेट्न!!  म  मैले कहिल्यै  नभेटेको, नचिनेको  मेरो बाबालाई भेटने छु  सायद तेसपछि  मैले कहिल्यै नया ब्याग  र नया गुडियाहरु पाउने छैन… र फ़ोन आउने बित्तिकै  बाबा आउनु भो भन्ने छैन!

February 23, 2008

समकालीन कबिता

Filed under: Poem

 

समकालीन कबिता

अति भयो  बन्द हड़ताल अति  निस्कियो जुलुश
शिथिल भयौ हामीसबै,   खंडित हुने  भो मुलूक
लौन अब जागौ ,बाटो बनाऔ, जोतौ खेतबारी
सयौथरी जात धर्मका  गोडौ फुलबारी

पाहड़ दुख्दा तराई रुन्छ तराई दुख्दा हिमाल
हामी सबै लड़ी मरे कस्को लागी नेपाल?
लौन अब मलम पट्टी बाधौ गरौ औषधि मुलो
ढिलो भैसक्यो अब त  खनौ निकास को कुलों

बाईसे  चौबिसे   थियौ कुनै बेला जुटेकाछौ बल्ल बल्ल
फेरी यस्तै भैरहे नेपाल हुन्छ खंड खंड
लौन अब हातेमालो गरौ, मुस्कुराऔ, गरौ आशाका कुरा
धेरै बगी सके रगत अब रोकौ हिंशाका छुरा

 बन्द स्कुल खोलौ अब  , जोडौ भत्केका पुल
पन्छाऔ अब काडे तार फक्रन दिऔ फूल
लौ न अब पानी हालौ मलजल गरौ  बालौ बिजुली बत्ती
तंत्र ,बाद र सभा भ्नाडा भन्दै  देश को भयो दुर्गति

बाडी चूड़ी खाऔ बरु, मिलीजुली लगाऔ  तर बनाऔ नेपाल
हत्या हिन्शा झगडाले  हामीलाई जस्तै दुख्छ नेपाल
मुटू छुन्छ नेपाल…. एक दिन रुन्छ नेपाल
यदि म मरेर केही हुन्छ भने तिम्रो लागी म मर्छु नेपाल
तिम्रो लागी म मर्छु नेपाल….

धेरै भो बन्द हड़ताल………

 

.दुई टिन चोटी पढ्नुस है…

 

सहदेवको सृजना

February 14, 2008

प्रेम चित्र

Filed under: Poem

तिमि जे भन,
स्वीकार गर या नगर
सुन या नसुन
म सुनाउदै छु
मैले सुनाउदा तिमीलाई दुख्न सक्ला
मुटू छुन सक्ला
आँखा रसाउन सक्ला
तिम्रा दुख पीडा वा आंखका रसाईहरुमा
न कुनै भाबना पो  छ की मेरो लागी?
तिमीले बुझेनौ भनेर  दोष दिनु भन्दा
मैले तिम्रो भावना पो बुझ्न सकिन की?
तेसैले म सुनाउदै  छु
प्रेम मंचको पर्दा खोल्दै छु
बर्षौ बर्षौ  संगै हिडेको हाम्रो यात्रालाई
एउटा शिर्षक दिदै छु
तिमी स्वीकार गर या नगर
सुन या नसुन
जीबन चित्र बनाउन रंगहरु थप या नथप
मैले त चित्र बनाईं सके
तिमीलाई मन नपर्न सक्ला
मेरा जीबनका रंगहरू उराठ लाग्न सक्ला

 ओ हो ..तिम्रो तर्फबाट मैले सोच्नु भन्दा
तिम्रो तर्फबाट  नाना थरी  बोल्नु भन्दा
मैले सोचेको,बुझेको र बर्षौ बर्ष  साचेको यति की
तिमी भित्र मैले आफुलाई पाएको छु
तिम्रा आंखाहरुमा आफुलाई देखेको छु
तिम्रा पीडाहरुमा दुखेको छु,
 खुशीहरुमा हासेको छु
तिमीजता भएपनी मैले नजिकै पाएको छु
आफ्नै ठानेको छु
पबित्र मन भित्र साचेको छु
यदि तिमी मेरो यो भावनालाई "प्रेम" शीर्षक दिन्छौ भने
हो मैले तिमीलाई प्रेम गरेको छु
साच्चै प्रेम गरेको छु

तिम्रो उही सहदेब ~

Listen Nepali Online Radio Himali Swarharu at www.himaliswarharu.com

January 23, 2008

पर्ख, नेपाल आमा! कुलचन्द्र आउदै छ

Filed under: Poem

पर्ख, नेपाल आमा! कुलचन्द्र आउदै छ

थाहा छ तिमिले कुरेको धेरै भो,
औशीको रातमा हराएकी पनी बर्षौ भो,
कोही आउलानकि भनी बाटो हेरेकी उहेल्यै हो,
पर्ख अब कुलचन्द्र आउदै छ!

तिमिलाई पूर्ण चंद्रको उजेलो ल्याउदै छ
पाखा पखेरामा बिकास फुलाउने योजना बुंन्दै छ
तिम्रो निराश निधारमा आशाको बिऊ उमार्दै छ
पर्ख अब कुलचन्द्र औदै छ,
गाउबेशिलाई जोड़ने पुलको समस्या सुल्झाउने छ
रोई बसेकी  तराईलाई सुम्सुमाउने छ
ओइलाएकि फुलबारीलाइ गोड्मेलगरी बिउताउने छ
हो त्यसैले त भन्दै छू कुलचन्द्र नेपाल आउदै छ

दशकौको अनुभव तिम्रो पखामा रोप्ने छ
पहाड़को  ढ़ुन्गा माटोमा राम्रो नेपाल खोप्ने छ
बर्शौदेखी भुलेको तिम्रो काखमा रमाउदै
कुलचन्द्र तिम्रो आँखा वारी परी नाच्ने छ ,
लौ अब चिंता नगर कुलचन्द्र आउदै छ
बहिरा हेर त  कुलचंद्र उ त्यों चन्द्रमा झै
पूर्ण चंद्र भएर  तिम्रो अँधेरी रातलाई जुनेली बनाउदै
एता उता हराएका  ताराहरुलाई  आऊ है आउ है   चम्क भन्दै
कुल चंद्र नेपाल औदै छ.

( श्री कुलचन्द्र गौतम को बिदाईको बेलामा सहदेब पौडेलले लेखेको कबिता)
 

January 10, 2008

“अन लाइन /मन लाइन”

Filed under: Story

छोटो कथा "अन लाइन /मन लाइन"
बलराम शर्मा  पत्रकार !नेपालमा हुदा  स्थापित जस्तै भई सकेका  र एउटा चलनचल्तीको  पत्रिकाको स्तम्भकार  !देशमा जब कलाकार  पत्रकार बसी नसक्नुको अबस्था  थियो त्यहि मौकामा कलमको स्वतन्त्रताको खोजी गर्दै  अमेरिका आइपुग्यो.पत्रकारीताको नशा ! यहा  जीबनयापनको अन्य खेती गर्दै  फुर्सदको समयमा  कलमलाई शान्ति र स्वंतन्त्रताको  मार्ग तीर दौडाई रह्यो.बस्ने बानी त अब  यताको नै   भयो.
पत्रकारको कलमको सिमानानै कहा हुन्छा र?जहा बसे पनी बिचारहरु सिमानाको घेरामा  रोकिन्न पनी!
 आबा यही शहर बता  अनलाइनमै भएपनी एउटा पत्रिका जस्तो निकाल्ने सोचमा उ पुग्यो. अरु सथिहरू जो यहा उ भन्दा लामो समय देखि बसिरहेका थिए र जो नेपालमा नाम को पत्रकार थिए….तिनीहरु यहा आए पछि कलम भन्दा बढी मुख चलाउथे.
आज भोली  जो पनी इंटरनेट को मध्यम खोजी रा’ छन .बेलायतकी महारानी हुन की बुटबलबाट आएका बलराम …अभिब्यक्ति को मध्यम त खोजिने नै  भइयो."हामी नेपाली पत्रकारहरु यहा छौ भने  हामी हाम्रै समुदायमा  किन यहीको आबस्थालाई  चित्रण नगर्ने पत्रकारिता को मध्यम बाट…."  एउटा छलफल मा बलराम ले आफ्नो बिचार राख्यो.उसको बिचारमा सबै सहमति भए.काम सुरु गर्ने बचन बद्दता प्रतिबद्दता  आदि सबै भए.नाम जुराए…अब खाली  क्लीक गर्न मात्र बाकि…सामग्री त जुटि हाल्थ्यो!

ब्यस्तताको  संसारमा  सबै आफ्नै संसारमा ब्यस्त .यी कुराहरु त्यतिकै सेलाएको जस्तो भयो  कोही तातेनन..कसैले बलरामलाई दोहोरो फ़ोन छलफल पानी गरेन्.बलराम भने ताती सकेको थियो.अब अमेरिकाबाट चाढै नै छुट्टै  अनलाइ  पत्रिका  निकाल्ने ..आफ्नो पत्रकारिता को धर्मं पनी हुने… भोली बिकसित हुदै गयो भने  आम्दानि पनी होला आदि इत्यादी  कुरा खेल्नु स्वभाबिक नै हो बलराम को मनमा

एकदिन बिहानै  काममा जानूअघी  बलरामले इमेल  खोल्यो. र एउटा नया मेसेज  पायो आफ्नै साथीहरुजो  संग उसले ऑनलाइन पत्रिका को कुरा  पोखेको त्यो.. तिनै साथीको ईमेल रहेछ. शिर्षक थियो  अमेरिकाबाट प्रकासित छुट्टै   अनलाईन पत्रिका  प्रकाशित ! सम्पुर्ण रूपमा बलराम कै सोचमा आधारित थियो त्यों!त्यों ईमेल ले बलरामलाई  नमज्जा को बनायो..उ आफू  बिचारबाट  लुटिएको र  अछरबाट पिटिएको  अनुभब भयो.
तर पनी साथीहरुले सुरु गरेछ्न राम्रै भयो………तर उनीहरुले मालाई किन भनेनन. आफ्नु मनलाइनमा यिने कुरा खेलाउदै बलराम आफ्नो कामतिर लाग्यो. सधै  हशी मजाक गर्ने  रमाईलो बलराम आज  शांत थियो  केही हराए जस्तै……कामका बिदेशि  साथीहरुले  बलरामको यस्तो  अनुहार देखे पछी  सोधे ..के भो यार..कसैले लुट्यो की पिट्यो?
बलरामले मन मनै  भन्यो..हो साथी आज मेरा बिचार लुटियो….अनि म अछरहरुले पिटिए. बलराम यतीखेर आफ्नो मनलाईनमा लामो कथा  बुन्दै  थियो…………

 

January 5, 2008

सुन्य

Filed under: Poem

सुन्य

सुन्य सुन्य लाग्छ घर
बड्दै   जान्छ मनमा डर
आउछन की  को ही भन्दा भन्दै
बीतीरहेछं  पल हर

कता कता डुल्छ तन
झनै गहिराई मा पुग्छ मन
बोलाउछ्न की कोही भन्दा भन्दै
टाढि रहेछ्न झन झन

के के खेल्छ कुरा
फुलमा पनी हराएछन भमरा
सम्हाल्छनकी को ही भन्दा भन्दै
एक्लै बित्ने भो जीबन बिचरा!!

ख्याल

Filed under: Poem

ख्याल
श्रिन्गार बीनै राम्री छौ किन लाउछौ गाज़ल ?
मातीन सक्छ जोबन ….ख्याल गारी सम्हाल
बिझ्ला है कांडा  जथाभाबी  खुट्टा नचाल
श्रिन्गार बीनै राम्री छौ………

न नाचेकै राम्री छौ  किन मर्काउछौ कम्मर ?
लाग्न सक्छ  दुनियाको  कर्के नजर
लडौली है बिचमै  जथाभाबी  आंख नछर
न नाचेकै राम्री छौ……………

मुस्कान बीनै राम्री छौ  किन निकाल्छौ हासो?
नजिक हुन सक्छ्न जुकाहरु बड्न सक्छ चासो
रुनु पर्ला है  जीबनमा  होला गला पासो
मुस्कान बीनै राम्री छौ………

प्रश्न ?

Filed under: Poem

प्रश्न ?

रंगहरुको रंगाईले तिम्रो तस्बिर कोरुकी?
शब्दहरुले कबिताको माला बुनु?
की त सारा संसार छाड़ी एकान्तमा तिमिसंग भुलू?  

जुनहरुको उजेलोले  तिम्रो खोजी गरुकी?
फुलहरुको झुप्पामा सम्झना उनु?
की त सारा संसार छाड़ी एकान्तमा तिमिसंग भुलू?  

मनहरुको मिलनमा मीठो गीत गुनगुनाउकी?
रातहरुको साथमा सीत बनी खसु?
की त सारा संसार छाड़ी एकान्तमा तिमिसंग भुलू?  

भन तिमि बिना म के गरु?

November 20, 2007

बोल

Filed under: Poem

तीम्रो ढोकामा उभीएको छु
मुटू दुक दुक गरीरहेछ
सुनेकी छौ भने —बोल

तीम्रो आंखामा छाएको छु
मन फर्फराई रहेछ
बुझेकी छौ भने —बोल

तीम्रो संसार मा  देखीएको छु
शरीर हड्बड़ाई रहेछ
 संझेकी छौ भने ….बोल

तीम्रो मुटुको किनारा मा कुरेको छु
ओठ ल्र्बराई  रहेछ
अन्गालेकी छौ भने  —बोल

November 18, 2007

अब त परदेशी भईएछ

Filed under: Poem

अब त परदेशी भईएछ
 
 
 
अब त बिरानो भइएछ
देश दूखे पनी मन नदुख्ने भएछ
काडै बिझेपनी नघोच्ने भएछ
दुई चार बर्ष गर्दा गर्दै  परदेशी भईएछ

अब त टाढा को भईएछ
आशुं ले डाडा भीजे पनी  आँखा ओभानो  रहेछ
ठेसै लागेर लडे पनी  आईयाsss नहुने भएछ
दुई चार बर्ष गर्दा गर्दै परदेशी भईएछ

अब त बैगुनी भइएछ
आगै लागे पनी ओ ssहो ss  नपोल्ने भएछ
भेलै पसे पनी  नडुब्ने  भएछ
दुई चार बर्ष गर्दा गर्दै परदेशी भईएछ

अब त निस्ठुरी  भईएछ
माया को फूलै फुले पनी नफक्र्ने   भएछ
सारा बगैचा मा  खडेरी लागेपनी  केही नसुक्ने भएछ
दुइचार बर्ष गर्दा गर्दै  अब त परदेशी भईएछ
 
साच्चै परदेशी भईएछ
देश ले सम्झे पनी  आफुले बिर्सिएछ
डर र त्राश को खेल ले मन तेसै तर्सिएछ
दुई चार बर्ष गर्दा गर्दै सारा शरीर  नमिठो गरी परदेशिएछ
साच्चै अब त परदेशी भईएछ

October 18, 2007

सुने घरजम गरेछौ रे!

Filed under: Poem

सुने घरजम गरेछौ रे!
बिहेमा छम छम नाचे छौ रे
साथीसंगी ले पुरानो कुरा सम्झाउदा
मरी मरी हासेछौ रे

सुने डॉक्टर केटा रोजेछौ रे!
प्रेमलाई पैसा संग दाजे छौ रे
सम्झानको लहरालाई धेरैं ठाउमा भाचेछौ रे
सुने घरजम गरेछौ रे

सुने प्रेम पत्र जलाएछौ रे
पंचे बाजा बजाएछौ रे
ऊसकई तसबीर मन् भित्र  सजाएछौ रे
साथी संगी  ले पुरानो कुरा सम्झाउदा 
मरी मरी हासेछौ रे

सुने hi5 र् my space को profile मेटे छौ  रे
उ संग मिलेरा facebook मा नया खाता खोलेछौ रे
मेरो बारेमा नाना थारी कुरा लेखेछौ रे
सुने घर जम गरेछौ रे

सुने ५ महिनामा नै घोर्ले छोरा पाए छौ रे
उसले घर बाट निकाले छ रे
ठुलो धोका खाएछौं रे
साथी संगी ले पुरानो कुरा सम्झाउदा
आज   धेरै बेर घुक्क घुक्क रोएछौं रे!!

<<>><<<>>

सुने  यो कबिता पढेछौ
कमजोरीले हिडदा हिडदै   बाटैमा लडेछौ
सथिसंगिले पुरानो कुरा सम्झाउदा
दाया बाया मलाई खोजेछौ

सुने  दशैंमा यता आउने भएछौ
छोरालाई साथमा ल्याउने भएछौ
छोराले बाबा भंन्दा
दाया बाया मलाई खोजेछौ
 सुने घरजम गरेछौ

सुने दुई चार पटक फ़ोन डायल गरेछौ
मेरो बिजोक भा’को सुन्दा घायल भएछौ
छोराले बाबा भंन्दा
मलाई खोज्दै बेहाल भएछौ
सुने घरजम गरेछौ

संदेश:
मंनमा अझै  तिम्रो नाऊ छ
दुखी रहेको   अलिनो घाऊ छ
आउछौ भने आउन त ..
तिमि बिना त मेरो जिन्दगिको के नै  भाऊ छ?

 

 

October 15, 2007

दशैं कबीता

Filed under: Poem

सुक्यो होला हिलो मैलो ,
झुल्यो होला धान बाली ,
बाटो हेर्दै  बसीन  उनी ….आउलान  भनी यसपाली

बज्यो होला  मंगल धुन ,
नाच्यो होला तारा जून
 जाने छु म आर्को साल ……. आमा बा को  पाऊ छुन

गाडे होलान  लिंगे पिंग ,
थापे होलान  लंगूर बुर्जा
रसायो होला आँखा उनको …..बाटो हेरी कुर्दा कुर्दा

मुछे होलान रातो टिका ,’
सिउरे होलान सयपत्री जमरा
मनमा मेरो नेपाल छ …….आंखामा  आफ्नाको तस्बीर

सुक्यो होला हिलो मैलो
झुल्यो होला धानबालि
परदेशमा छौ हामी  निधार नहोस हाम्रो खाली
यसपाली त यस्तै भयो जाउला नि नेपाल आर्को पाली
हिंशा रहित दशैं मनाऔ  ……. संसार भरी हामी नेपाली

 

 

October 10, 2007

झूठो बोली मीठो माया

Filed under: Poem

आज अलिकती झूठो बोली मीठो माया गास्न खोजे
जबर्जस्ती मेरो माया  तिमि भित्र साच्न खोजे
अन्ध्यारो यो  जिन्दगिलाई  उज्यालोमा राख्न  खोजे
आज अलकती  झूठो बोली  मीठो माया  गास्न खोजे

आज अलिकती  मन दुखाई  तिम्रो आंशु झार्न  खोजे
दु:ख देखाई जिन्दगिको जाल भित्र पार्न खोजे
अन्ध्यारो यो  जिन्दगिलाई थोरै उज्यालोमा राख्न   खोजे
आज अलिकती झूठो  बोली मीठो माया गास्न खोजे

आज अलिकती  मुस्कुराई  तिम्रो नाजिक बस्न खोजे
निर्दोष तिम्रो आँखा भित्र  दोषी म पस्न  खोजे
अन्ध्यारो यो जिन्दगिलाई तिम्रो मायाले उज्यालो पार्न  खोजे
आजा अलिकती झूठो बोली मीठो माया गास्न खोजे

August 30, 2007

भनत म मेरो देश कीन फर्कौ ?

Filed under: Poem
भनत म मेरो देश किन फर्कौ ?
सगरमाथा र बुद्द जन्मेको देश भनेर म कत्ति सम्म गर्ब गरौ?
देश को ळागी थुप्रै मरे म किन ब्यर्थमा मरू?
ब्यर्थमा मर्नका लागी म मेरो देश किन फर्कौ ?
न म स्वतन्त्र बोल्न सक्छु
न त निर्धक्क कतै डुल्न सक्छु
न म फूल बनेर कतै फूल्न सक्छु
म आंतक बन्न सक्दिन ,
कसैको निहत्या हत्या गर्ने हत्यारा  बन्न सक्दिन
न त म लठेत बनेर कसैलाइ मरणास्नन पिट्नै सक्छु
अनि भनत म मेरो देश कीन फर्कौ
देशै फर्के भनेपनि
म पाईला राख्ने बीतीकै रगत रगत देख्ने छु बाटोभरी
ईषाभेट्नेछु आखाभरी
भोक देख्नेछु मनभरी
शोक देख्नेछु आगन भरी
महीनौ देखीको बेबारीशे ळाश को गन्ध पाउनेछु टाढैदेखी
म सडक भरी ढुंगामुढा देख्ने छु
काला टायरका धुँवाहरुको बीरोध भेट्नेछु
ळाग्ने छ कतै यि ढुंगामुढा र टायरहरु म फर्के को बिरोधमा बर्षिरहेछन
अनि भनत म मेरो देश कीन फर्कौ ?
म हिडीरहने सडकमा कृष्णभिर तगारो बन्ने छ
बाटा भरि म एम्बुसका तारहरुमा जेलिने छु
म थाहै नपाई गृहयुद्द को भुमरीमा फस्ने छु,
म जस्को पनि गोलि को शिकार बन्न सक्ने छु,
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो गाऊ तर्ने त्यो पुल छैन रे,
बर्षौ भयो ओईलाएको सयपत्रि,जसमा कुनै फूल छैन रे,
म पढ्ने स्कुलमा त बम बारूद  बस्यो रे
मेरो घर खालि गरी डर आतंक  पस्यो रे
संगै हुर्की खेलेका साथीभाई कोहि मुग्लान त कोहि जंगल पसे रे
अनि भनत म मेरो देश कीन फर्कौ ?
मेरो देश जहा हत्याराहरु हत्या गर्न हत्याराहरुको साथ रमाऊछन
शाशकहरु शाशन हैन शोशण गर्न तम्मसिनछ्न
शाशकहरु शोशण गर्न शोशकहरुको हात चाहन्छन्
म मर्न सक्दिन शाशक हरुका लागि,
म गाऊन सक्दिन भक्ति गित राजाहरुका लागी,
अनि भनत म मेरो देश किन फर्कौ ?
त्यो देश जहा वालबालिकाहरु टूहुरा बनिरहेछन्
आमा बाहरु बेसहारा बनिरहेछन्
बुद्द सदाझै मौन बसिरहेछन
युद्द झन् झन् चर्किरहेछ
हिमाल पलपल गरेर पग्लिरहेछ
मन झन झन् टाढि रहेछ,
अनि भनत म मेरो देश किन फर्कौ ?
सहदेब

August 26, 2007

माया,सम्झना र म

Filed under: Poem

माया,सम्झना र म

माया -कसैको लागि छुन्छ रे
कसैको लागि रुन्छ
तर उनको लागि मेरो माया सधैं सधैं दुख्छ रे

सम्झना- कसैको लागि आउछ रे
कसैको लागि हराउछ
तर उनको लागि मेरो सम्झना सधैं सधैं बिझाउछ रे

 र म- कसैको लागि उकालो रे
कसैको लागि ओरालो
तर उनको लागि भने  म सधैं सधैं भिरालो रे!!

July 29, 2007

तिमी नभए र के भो र?

Filed under: Poem

तिमी आइनौ त के भो र?
तारा आए हुल बाधी
चन्द्रमा आइन माया साची
सपना बसिन साथ मेरो निधार मा रुमाल राखी

तिमीले बोलाइनौ त के भो र?
चरा चुरुङी ले चिर वीर गर्दै बिउझाए
बगैचाको फुलले मधुर सुबाश  पठाए
उजेलो प्रकाश छिर्यो कोठामा  मलाई नयाँ शक्ती थापाए

तिमीले सम्झिनौ त के भो र?
बटुवा हरुले चासो राखे
पराइहरुले आफ्नो ठाने
मायाको कोशेली बोकी मेरो दिर्घायु को कामना गरे

तिमीले गरिनौ त के भो र?

के भो के भो

Filed under: Poem

आज भोली खोइ किन हो अली बढी पिउन थाल्या छु
झुस झुसे छोटो छोटो दारी पाल्या छु
 दु:ख पर्या छ भनौ भने  एक्लै हास्या छु
तिमी गए देखी म त तेसै तेसै टोलाउन लाग्या छु

आज भोली  खोइ किन हो रात को निन्द्रा हरा’को छ,
भ’को एउटा मन पनि तेसै तेसै डरा’को छ
चोट लाग्या छ भनौ भने आफै मन बोले’को छ
तिमी गए देखी मेरा अँखा तेसै तेसै भिझे’को छ

आजभोलि खोइ किन हो पुग्नु नपर्ने  ठाउमा पुगेको छु
भिड देखी जानी   नजानी लुकेको छु
खान पिउन छाडेरै होला  अली अली सुकेको छु
तिमी गए देखी म त संसार सँग पुरै झुकेको छु






















Get free blog up and running in minutes with Blogsome
Theme designed by Hadley Wickham